फोहोरमय राजधानी ! | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

फोहोरमय राजधानी !

fohor

काठमाडौं, ३२ असार । ‘छि…कस्तो फोहोर ! दुर्गन्ध पनि खपिसक्नु छैन ।’ यतीबेला उपत्यकावासीको मुखबाट निस्किरहेको आवाज हो यो । सडकका पेटी, टोलका चोक मात्रै होइन्, घरमै पनि फोहोरको डंगुर छ।

नाक थुनेर हिड्डुल गर्नपर्ने बाध्यता छ । अर्कोतिर, फोहोरको कारण रोग उब्जिएर फैलिएला भन्ने चिन्ता उपत्यकावासीमा परेको छ । वर्षा याममा फोहोर किटाणुका कारण हैजा झाडापखाला, आउँ लगायतका संक्रमण हुने स्वास्थ्यकर्मी बताउँछन् ।विडम्बना ! सहर सरसफाइको जिम्मा पाएका स्थानीय तह फोहोर फ्याँक्ने ठाउँ नभएको भन्दै चुपचाप छन् । घरमा फोहोर दुर्गन्धित भएपछि सडकमै फोहोर फ्याँक्दा सवारी आवतजावतमा समेत असर पर्न थालेको छ ।

जोरपाटी, चावहिल, बागबजार, प्रदशनीमार्ग, मंगलबजार, ग्वार्को लगायतका मुल सडकमा फोहोर थुपारिएर राखिएको छ । तर, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका सहित उपत्यकाका स्थानीय तह प्रभावकारी रुपमा फोहोर उठाउन सकेका छैनन् । नुवाकोटको सिसडोलमा रहेको ल्याण्डफिल्ड साइट जाने सडक विग्रिएको भन्दै पन्छिरहेका छन्।

असार १८ देखि २३ गतेसम्म ६ दिन पहिरोका कारण फोहोर उठेको थिएन् । त्यसपछि स्थानीयबीच विवाद भएर फोहोर रोकियो । अहिले सडकको अवस्था राम्रो नभएको भन्दै नियमित रुपमा उठ्नुपर्ने जसरी फोहोर उठेको छैन् । ‘सिसडोलको सडक विग्रिएपछि नियमित जसरी हप्ता दिनदेखि फोहोर उठाउन सकेका छैनौं,’ ललितपुर महानगरपालिकाका प्रवक्ता राजुमान महर्जनले भने, ‘सडक बनाएपछि भने नियमित रुपमा फोहोर उठ्ने छ ।’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);