प्रियंका–आयुष्मानले गरे इन्गेजमेन्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

प्रियंका–आयुष्मानले गरे इन्गेजमेन्ट

priyanka-ayushman

काठमाडौं, ३२ असार । केही समयदेखिको प्रेमलाई सार्थक बनाउँदै अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले अन्तत: शनिबार इन्गेजमेन्ट गरेका छन् । दुई परिवार मात्रै उपस्थित इन्गेजमेन्टका तस्बिरहरू प्रियंकाले मध्यरात फेसबुकमा अपलोड गर्दै लेखेकी छन्– ‘एकदमै खुसी र आनन्दका साथ हामी सधैंका लागि हुने निर्णय गरेको घोषणा गर्छौं ।’

उनले ‘पप दी स्याम्पेन पिपल’ लेख्दै आफूले थर बदल्न गइरहेको खुसी व्यक्त गरेकी छन् । प्रियंकाले शनिबार दिउँसै आफ्नो स्टाटस बदल्दै आयुष्मानसँग इंगेज्ड भनी फेसबुकमा उल्लेख गरेकी थिइन् । यति बेला उनले दुवैका नामको समास मिलाएर ‘आयंका’ ह्यासट्यागमा आयुष्मानसँगका प्रेमिल फोटाहरू साझा गरेकी छन् । प्रोफाइल पिक्चर पनि बदल्दै ‘टु आवर न्यु बिगिनिङ’ पनि लेखेकी छन् । दुवैले विवाहको मिति भने उल्लेख गरेका छैनन् ।

पहिलो विवाह असफल भएपछि प्रियंका अमेरिकाबाट फर्केर फिल्मी क्षेत्रमा सक्रिय भएकी हुन् । आयुष्मानसँग उनको सम्बन्ध भने ‘कथा काठमाडौं’ मा स्क्रिन सेयर गरेपछि घनिष्ठ भएको हो । यो जोडीको प्रेम सोही फिल्मको सुटिङदेखि घनीभूत भएको बताइन्छ ।

आयुष्मानले ‘चपली हाइट २’ फिल्मबाट डेब्यु गरेका हुन् भने प्रियंका ‘मेरो बेस्टफ्रेन्ड’ मार्फत् रजतपटमा छिरेकी हुन् । यो जोडीलाई ‘छक्का पन्जा २’ मा सासू र ज्वाइँको सम्बन्धमा देखिएको थियो । रिलिज क्रममा रहेको ‘चंगा चेट’ मा पनि आयुष्मान र प्रियंकाले अभिनय गरेका छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);