प्रियंका–निक खटपट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रियंका–निक खटपट

काठमाडौं, १७ चैत । धुमधामसँग विवाह गरेको चार महिना नबित्दै प्रियंका चोपडा र निक जोनासको सम्बन्धमा चिसो आएको छ । अमेरिकी एक म्यागाजिनले त दुईको सम्बन्ध डिभोर्स नजिक पुगेको दाबी गरेको छ । बलिउड अभिनेत्री प्रियंकाले आफूभन्दा दस वर्ष कान्छा अमेरिकी गायक जोनाससँग गतवर्षको डिसेम्बर पहिलो साता क्रिस्चियन र हिन्दी दुवै धर्मअनुसार विवाह गरेका थिए ।

ओके म्यागाजिनले अप्रिल अंकको आफ्नो कभर स्टोरी बनाउँदै दुई सेलिब्रेटी डिभोर्सको प्रक्रियामा रहेको खुलासा गरेको हो । म्यागाजिनले रिपोर्टमा भनेको छ, ‘उनीहरू हरेक कुरामा पनि झगडा गर्न थालेका छन् । खासगरी काम, पार्टी जाने सवाल र एकसाथ समय बिताउने कुरामा झगडा हुन थालेको छ । उनीहरूको वैवाहिक सम्बन्ध केवल अडिएको मात्रै छ ।’

केही समयको प्रेमपछि विवाह गरेको यो जोडीबीच छोटो समयमै खटपट सुरु भएको हो । ‘जबबाट दुईले एकअर्कालाई नजिकबाट बुझ्न थाले तब खटपट सुरु हुन थाल्यो,’ स्रोतको हवाला दिँदै म्यागाजिनले उल्लेख गरेको छ, ‘जोनासले प्रियंकालाई प्रेमिका हुँदा ठानेको जस्तो शान्त र सहज विवाहपछि नपाएको गुनासो गरेका छन् ।उनले आफूलाई प्रियंकाले नियन्त्रणमा राख्न खोजेको तथा उनी रिसाहा भएकाले सम्बन्ध बिग्रँदै गएको हो । परिवारले पनि जोनासलाई सम्बन्धविच्छेद गर्न सल्लाह दिइरहेका छन् ।’ प्रियंका बाल बच्चा पाउन उमेरले परिपक्व भए पनि २१ वर्षकी युवतीले जस्तो स्वाङ पारिरहेको परिवारको आरोप छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);