भुजाले धानेको परिवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भुजाले धानेको परिवार

शम्भू माली

कपिलबस्तु, २० माघ । सोनमती भुजले घर खर्चका लागि श्रीमानसँग पैसा मागेको सम्झना छैन । आफूलाई आवश्यक सबै कुरा आफैं पु¥याउँदै आएकी छन । उनको नियमित आम्दानीको स्रोत हो, भुजा बनाउने । बरईले १२ वर्षदेखि भुजा बनाउने काम गर्दै आएकी छन ।

शुद्धोधन गाउँपालिका २ श्रीनगर बन्जरडीहवा सीमावर्ती बस्तीमा एैलानी सर्बजनिक जग्गामा फुसको झोपडी बनाई बस्दै आएका सबै सुक्मबासी हुन तिनीहरुको आफनो जग्गा छैन । २५ घर परिवारको बसोबास गरेका उनीहरू सबै गरिब सुक्मबासी र दलित, पिछडा बर्ग र जनजाती जातिका रहेका छन । श्रीनगर बन्जरडीहवा टोलामा एक घरमा चावलको भुजा बनाइन्छ । उक्त टोलका महिलाको स्थायी रोजगारी नै हो, मजदुरी हो । जिल्लामा ‘भुजा’ खाजाको रूपमा खाने चलन छ ।

सोनमती भुजले चामलको भुजा बनाएर ६ जनाको परिवारको घर खर्च धानेकी छन । उनी विवाह गरेर नयाँ बस्ती टोला आएको १२ वर्ष भयो । विवाह गरेकै सालदेखि उनी आफैंले भुजा बनाएर बिक्री गर्दै आएकी छन ।

‘म महिला भएकोले मेरोे आम्दानीको मुख्य स्रोत नै भुजा हो’ सोनमतीले भनिन्, नया बस्ती टोलाका २५ घर परिवारका सबै घरका भुजा मैले बनाउने गरेकी बताईन । मेरो परिवारमा १ केटा २ केटी म र मेरो श्रीमान ५ जनाको परिवार रहेको छ । गाँउका सबै घरका भुजा बनाएर परिवार पालेको बताई । भुजा बनाउनकालागी मेरो श्रीमानले आगो बाल्ने झार पातको ब्यवस्था गर्नु हुन्छ । भुजा बनाउने ल्याएको चामलको ४ भागको एक भाग मेरो मजदुरी हुन्छ बाकी ३ भाग चामलको भुजा बनाएर धनिलाई दिने गरेका छु ।

प्रत्येक दिन १० केजीदेखि १२ केजीसम्म चामल मजदुरी बनाउने गरेको छु । यसैबाट बच्चाको पढाई, औषधी, लुगा र अन्य खर्च घर ब्यवहार मिलाईकी छन । घरको सबै काम गरेर बचेको समयमा भुजा बनाउने गरेको भुजले बताइन । उनले घरमै बसीबसी भुजा बनाई र बटुवालाई बिक्री गरि मासिक चामल बाहेक नगद ८–९ हजार रुपैयाँ आम्दानी हुने गरेको बताईन ।

तराई माधेश गरिब परिवारको भातपछिको खाना भुजा हो । तराईको ग्रामीण क्षेत्रमा भुजा बढी खाईन्छ । खेती किसानी गर्नेले दिउसो १२–१ बजे बजेतिर खाजाको रुपमा भुजा खान्छन । अन्यले पनि खाजाका रूपमा चिया, तरकारीसँग भुजा खाने गर्दछन । पाहुना आउदा ‘ भुजा’ खुवाउने चलन छ । पूजा, विवाह समारोहमा पनि भुजा खुवाउने चलन छ । छोरी–चेलीलाई माइती पक्षले कोसेलीको रूपमा पनि भुजा पठाउने चलन छ ।

जिल्लाका होटलहरूमा भुजा लोकप्रिय खाजा हो । मिलमा तयार गरिने भन्दा घरमा तयार गरिएको भुजा स्वादिष्ट र स्वास्थ्यकर हुन्छ । भुजा मोटो धान (स्थानीय भाषामा सरया, चनाफोर र फारम बगरी भनिन्छ ) बाट तयार गरिन्छ । धानलाई राम्ररी सुकाएर आधा घण्टा पानीमा भिजाइन्छ । त्यसपछि उसिन्नुपर्छ । उसिनेको धान दुई दिनसम्म घाममा सुकाउनुपर्छ ।

धान मिलमा लगेर कुटाएपछि उसिना चामल बन्छ । उक्त चामललाई माटोको भाडोमा पकाएर भुजा बनाइन्छ । २० केजी धानबाट १२ केजी भुजा तयार हुन्छ । १२ केजी भुजा तयार पार्न करिब चार देखी पाँच घण्टा समय लाग्छ । घरमै खानका लागि पनि भुजा बनाउने चलन छ । पछिल्लो समय घरेलु भुजाको माग बढ्दै गएकाले महिला व्यावसायिक बन्दै गएका छन । घरकै चुल्होचौकामा दिन बिताउने गरेका महिला भुजाको व्यापारले घरघरमै रोजगारी दिएको छ । खोती पाती छैन, भुजा बनाएर परिवारको पेट पालेको बताइृन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);