सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु

fire_dead

सर्लाही, २० माघ । सर्लाहीको बागमती नगरपालीका ४ जिरायतमा सोमबार आगो ताप्ने क्रममा जलेर एक जना  महिलाकोे मृत्यु भएको छ । मुत्यु हुनेमा सोही ठाउँ वस्ने बर्ष ७५ की आईतीमाया बि.क.रहेकी जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता  एवं प्रहरी नायब उपरीक्षक मदन कुवरले जानकारी दिए ।

आफ्नै घरमा आगो ताप्ने क्रममा साडीमा आगो सल्की घाईते भएकी बि.क को नेशनल मेडिकल कलेज बिरगंजमा  उपचार पछि थप उपचारका लागी काठमाण्डौ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतकको लाश पोष्ट माटमको लागि रौतहटको च.पुरमा स्थित सरकारी अस्पतालमा राखि अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);