माउन्ट केटु को सफल आरोहण गरेर फर्किएका नेपाली आरोहीको टोलीलाई सम्मान | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

माउन्ट केटु को सफल आरोहण गरेर फर्किएका नेपाली आरोहीको टोलीलाई सम्मान

काठमाडौँ, २० माघ । माउन्ट केटु को सफल आरोहण गरेर फर्किएका नेपाली आरोहीको टोलीलाई सम्मान गरेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गरी १० जना आरोहिलाई सम्मान गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सगरमाथाको आँगनमा हुर्केका नेपाली हिमआरोहीले विश्वको दोस्रो अग्लो हिमाल हिँउदमा पहिलोपटक आरोहण गरेर विश्व कीर्तिमान राख्नु राष्ट्रकै गौरव भएको बताउनुभएको छ ।उहाँले हिमालको माटोमा जन्मेका हिमपुत्रहरुले दोलखा र नेपालकै नाम विश्व कीर्तिमानमा लेखाएको चर्चा गर्नुभयो ।

सम्मानित आरोही मिङ्मा ग्याल्जे शेर्पाले हिउँदको समयमा पहिलोपटक माउण्ट केटू नेपाली दलले आरोहण गरी विश्व रेकर्ड राखेको चर्चा गर्नुभयो । जीवनको अविस्मरणीय क्षणको रुपमा लिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा कोरोना महामारीका कारण खस्कदो नेपालको पर्यटन व्यवसायलाई पुरानै अवस्थामा फर्काउने विषयमा सम्बद्ध सरोकार पक्ष र पर्यटन व्यवसायीले योजना बनाउन सरकारले साथ दिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);