खानेपानी मन्त्री थापा विप्लव समूहका नेता वलीसंग भेट्न नख्खु कारागार पुगे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

खानेपानी मन्त्री थापा विप्लव समूहका नेता वलीसंग भेट्न नख्खु कारागार पुगे

काठमाडाैं, २० माघ । खानेपानी मन्त्री मणि थापाले ललितपुरस्थित नख्खु जेल पुगेर नेत्रविक्रम चन्द विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शनसंग भेट्नुभएको छ ।

सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला मन्त्री थापा मंगलबार बिहान नख्खु कारागार पुगेर विप्लव समूहका नेता वलीसंग भेट्नुभएको हो । र मन्त्री थापा कारागारको खानेपानी सम्बन्धी अनुगमनका लागि भन्दै त्यहाँ पुग्नुभएको थियो ।

मन्त्री थापाले कारागारको निरीक्षण गरेर विप्लव नेता वलीसँग संवाद गर्नुभएको छ । विप्लप समूहमाथि सरकारले २९ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो । वार्ताका लागि पहिले प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त समूहले राखेको छ ।

त्यसपछि हिरासतमा रहेका नेता, कार्यकर्तालाई छाड्नुपर्ने र वार्ताका लागि औपचारिक पत्र पठाए छलफलमा बस्न तयार रहेको विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सन्देश पठाउनुभएको छ । वली नख्खुमा एनसेलको मुख्यालय अगाडि भएको विष्फोटमा संलग्न रहेको आरोपमा नख्खु कारागारमा हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);