बादल र विप्लव आमने–सामनेदेखि वार्ताको टेवुलसम्म | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बादल र विप्लव आमने–सामनेदेखि वार्ताको टेवुलसम्म


काठमाडौं, १८ फागुन । नेत्रविक्रम चन्द अर्थात विप्लव र वर्तमान गृहमन्त्री रामबहादुर थापा बादल कुनै बेला एउटै डुंगाका यात्री थिए, सहकर्मी, सहपाठी , सहयोद्धा थिए। उनीहरु पार्टीको एउटै कमिटीमा थिए ।

समयले माओवादी पार्टी बिभाजन भएर मोहन वैद्यको नेतृत्वमा अर्को पार्टी बन्यो। त्यो कमिटीका स्थायी समिति सदस्य थिए विप्लव । पछि विप्लव र बैद्यको यात्राले लामो दूरी पार गर्न सकेन । त्यसैले विप्लव नेतृत्वमा अर्को पार्टी गठन भयो।

विप्लव नेतृत्वको पार्टीले अर्धभूमिगत गतिविधि संचालन गर्दै आयो । उसले आफ्नो पार्टीको नीति शान्तिपूर्ण हो वा शसस्त्र खुलाएनन् । तर झण्डै अर्ध शसस्त्रको अवस्थामा गतिविधि संचालन ग¥यो। उसको गतिविधिले कतिपय ठाँउमा निर्दोषले समेत ज्यान गुमाउनु पर्ने अवस्था आयो ।

गत सालको फागुन ११ गते विप्लवका सहयात्री गृहमन्त्री बादलले मन्त्रिपरिषदको बैठकमा विप्लव माथि प्रतिवन्ध लगाउने प्रस्ताव लगेका थिए । सरकारले सोही दिन विप्लवमाथि प्रतिवन्धको घोषणा ग¥यो। विप्लव नेकपा झण्डै एक बर्षदेखि प्रतिवन्धमा छ ।

गएको पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधि सभा भंग गरिन् । त्यसपछि सरकार र सरकार बाहिरका दललाई विप्लवको उत्तिकै खाँचो प¥यो । सरकारमा नेतृत्व गरेको नेकपा मानसिक हिसाबमा बिभाजित भयो। प्रधानमन्त्री ओली नेतृत्वको नेकपा र दाहाल–नेपाल नेकपाबीच विप्लवलाई आफूतिर तान्ने होडबाजी नै चल्यो । यहि होडलाई उछिन्दै मंगलबार सरकारले विप्लवसंग वार्ता गर्न सरकारी वार्ता टोली गठन ग¥यो। त्यो पनि कुनै बेलाका मित्र, कुनै बेलाका दुस्मन गृहमन्त्री बादलको नेतृत्वमा ।

मंगलबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले वार्ता टोली गठन भएको जानकारी दिए । गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वमा गठन भएको दुई सदस्य वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लहकार राजन भट्टराई सदस्य छन् ।

बादल र विप्लव सबै भन्दा नजिकका मित्र देखि दुश्मन सम्मका नेता हुन् । सरकारले वार्ता टोली गठन गरेपनि विप्लव माथिको प्रतिवन्ध हटाएको छैन। अव वादल र विप्लव एउटै टेवुलमा वार्ताका लागि बस्ने भएका छन् । त्यो टेवुलमा विप्लवको पहिलो माग हुने छ जेलमा परेका नेता कार्यकर्ताको रिहाई र प्रतिवन्ध फुकुवा ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);