डुबानपीडित पाँच सय परिवारलाई राहत वितरण | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

लहान, ३२ साउन । अविरल वर्षासँगै आएको बाढीका कारण डुबानमा परेका सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– ११स्थित इनरुवाका बाढीपीडित पाँच सय परिवारलाई आज राहत वितरण गरिएको छ ।

चारैतिरबाट बाढीले घेरिएका कारण घरबाट बाहिर निस्किन पनि समस्या भोगिरहेका इनरुवाका बाढीपीडित परिवालाई कारितास नेपालको सहयोगमा सप्तरीस्थित श्रीपुर्राज सामुदायिक विकास केन्द्रले प्रतिपरिवार दुई किलो चिउरा, तीन किलो भुजा, दुई प्याकेट भुजिया र १२ बोतल मिनरल वाटरका दरले राहत वितरण गरेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरीले जानकारी दिनुभयो ।

गत बिहीबारदेखिको अविरल वर्षाका कारण सप्तरीको सुन्दरी खोला र महुली खोलाको बाँध भत्किएपछि आएको बाढीले उक्त गाउँका करिब पाँच सय परिवार डुबानमा परेका थिए । डुबानमा परेका स्थानीयवासी डुंगामा चढेर राहतका लागि इनरुवा चोकसम्म पुगेका थिए । रासस

ताजा समाचार