अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित

barsha duban

काठमाडौं, २८ असार । अविरल वर्षासँंगै आएको बाढी पहिरोका कारण देशका अधिकांश भागको जनजीवन प्रभावित भएको छ ।

वर्षाका कारण आएको बाढीले वस्तीहरु डुबानमा परेका छन् भने पहिरो खस्दा सडक अवरुद्ध भइ यात्रुहरु अलपत्र परेका छन् । अविरल वर्षाका कारण खोलामा बाढी आउँदा भक्तपुरका विभिन्न भाग डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण लिबाली, सल्लाघारी, जगाती लगायत क्षेत्र डुबानमा परेका हुन् । भूकम्पपीडितको शिविर डुबानमा परेको छ । मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् ।

जमीनबाट चारफिट माथिसम्म पानी जम्दा घरको भुइँतलामा बस्नेको बिजोग भएको छ । डुबानमा परेका कतिपयलाई क्रेन प्रयोग गरेर उद्धार गरिएको छ । डुबान क्षेत्रका पसलहरु सबै बन्द रहेका छन् । मनोहरा खोलामा आएको बाढीका कारण जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ । बर्षाका कारण बनेपा डुबानमा पर्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ । काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायत ठाउँमा ओहोर दोहोर गर्ने गाडी नचलेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);