चितवनको माडीमा बाढी आउँदा विभिन्न बस्ती डुबानमा, बिजुलीका पोलहरू बगाउँदा विद्युत सेवा अबरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चितवनको माडीमा बाढी आउँदा विभिन्न बस्ती डुबानमा, बिजुलीका पोलहरू बगाउँदा विद्युत सेवा अबरुद्ध

चितवन । रातिदेखि परेको अविरल वर्षाकाे कारण चितवनको माडीमा बाढी आउँदा नजिकका विभिन्न  बस्ती डुबानमा  हुन थालेको छ ।

रौतने खोलामा आएको बाढीले छेउको ड्याम कटान गरी माडी-३ मलाहीटोल डुबानमा पारेको छ र त्यहाँका घरहरू डुबानमा परेका छन्  ।

माडीकै डांग्रेखोलामा आएको बाढीले माडीको बरुवा बजारस्थित सुकुमबासी बस्ती डुबानमा परेको छन् भने परुई खोलामा बाढी आउँदा माडी नगरपालिका-७ को चेपाङ बस्ती डुबानमा परेको छ ।

बाढीकाे कारण बिजुलीका पोलहरू बगाउँदा विद्युत सेवा अबरुद्ध बनेको प्रहरीले जनाएको छ ।

डुबानमा परेका बस्तीको बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ र अहिले जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकायसहितको उद्धार टोली माडी पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);