भक्तपुरमा डुबानमा परेकालाई क्रेन र डुङ्गामार्फत उद्दार गरिदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भक्तपुरमा डुबानमा परेकालाई क्रेन र डुङ्गामार्फत उद्दार गरिदै

bhaktapur duban2

भक्तपुर, २८ असार । अविरल वर्षासँंगै आएको बाढी पहिरोका कारण देशका अधिकांश भागको जनजीवन प्रभावित भएको छ । हनुमन्ते खोलामा आएको बाढीका कारण लिबाली, सल्लाघारी, जगाती लगायत क्षेत्र डुबानमा परेका हुन् ।

भूकम्पपीडितको शिविर डुबानमा परेको छ । मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । जमीनबाट चारफिट माथिसम्म पानी जम्दा घरको भुइँतलामा बस्नेको बिजोग भएको छ ।

डुबानमा परेका कतिपयलाई क्रेन प्रयोग गरेर उद्धार गरिएको छ । डुबान क्षेत्रका पसलहरु सबै बन्द रहेका छन् । मनोहरा खोलामा आएको बाढीका कारण जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ ।

bhaktapur duban

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);