चिकित्सा शिक्षा विधेयक दोस्रो पटक संसदमा पेस हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चिकित्सा शिक्षा विधेयक दोस्रो पटक संसदमा पेस हुँदै

samsadh parlyament

काठमाडौं, २८ असार । सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रो पटक आज संसदमा पेस गर्दै छ । सरकारले १५ औं पटक अनसन बसिरहेका वरिष्ठ चिकित्सक गोविन्द केसीको माग विपरित प्रतिनिधि सभाको आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पेस गर्ने भएको हो ।

प्रतिनिधि सभाको बैठक अपरान्ह १ बजे बोलाइएको छ । शिक्षा मन्त्रालयले गत शुक्रबार संसदमा विधेयक दर्ता गराएको थियो । तत्कालीन शिक्षामन्त्री धनीराम पौडेलले २०७३ भदौ २९ गते पेश गरेको चिकित्सा शिक्षा विधेयक अघिल्लो संसदमा पास हुन नसकेर निष्क्रिय भएपछि सरकारले विधेयकमा केही परिमार्जन गरेको छ ।

डा.  केसी भने परिमार्जन आफूलाई मान्य नहुने र पुरानो विधेयक हुबहु पेश गरिनुपर्ने भन्दै दुई सातादेखि जुम्लामा अनसन बसिरहेका छन्  ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);