कैलालीका बाढीपीडित अझै घर फर्किन सकेका छैनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

श्रवण देउवा, कैलाली, ६ भदौ । अविरल वर्षापछि आएको बाढीका कारण विस्थापित बनेका कैलालीको भजनी नगरपालिका क्षेत्रका बाढीपीडित अझै घर फर्किन सकेका छैनन् । घरमा पानी पसेपछि हुलाकी सडकआसपास पाल टाँगेर बसेका बाढीपीडितहरु मेसमा भान्सा चलाएर दैनिकी काटिरहेका छन् ।

 

 

घरखेत डुबानमा परेपछि भजनी क्षेत्रका ११ सयभन्दा बढी घर परिवार दुई सातादेखि सडकमै सुत्न र सडकमै खान बाध्य छन् ।

 

 

बाढीका कारण कसैका घर भत्किसकेका छन् भने कसैका घर आधा अझै डुबिरहेका छन् । केही बस्तुभाउ बाढीले बगाएको छ भने केही सडकमै लगेर पालेका छन् । खेत बगरमा परिणत भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रबरको डुंगाको सहायतामा भजनीबासीलाई उद्धार गरी सुरक्षित ठाउँमा राखेको छ । उद्धार गरिएका व्यक्तिहरु कतिपय हुलाकी राजमार्गको अग्लो ठाउँको सडकखण्डमा आएर बसेका छन् भने केही आफन्तकहाँ आश्रय लिएर बसेका छन् ।

 

 

सरकाले डुबानवाट प्रभावितको उद्धार र राहत वितरणको कार्य सुरु गरिसकेको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिको पहलमा नेपाल रेडक्रस सोसाइटी र फाया नेपाललगायत संघ–संस्थामार्फत डुबान पीडितलाई सुरक्षित राख्नका लागि त्रिपालको व्यवस्थाका साथै चिउरा, चाउचाउ, लत्ताकपडा वितरण भइरहेको छ । बाढीबाट विस्थापित भएकाहरुलाई तत्कालका लागि राहतको व्यवस्थाका साथै दीर्घकालीन समस्या समाधानका लागि पनि पहल हुन जरुरी छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);