ऐतिहासीक अजयमेरुकोटको अस्तित्व सकंटमा | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

विमल जैरु, डडेल्धरा, ६ भदौ । डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित आठ सय वर्ष पुरानो इतिहास बोकेको अजयमेरुकोट अतिक्रमणको चपेटामा परेको छ । अजयमेरुकोटको देवल र दरबार रहेको क्षेत्रमा स्थानीय बासिन्दाले खेती गर्न थालेपछि ऐतिहासिक क्षेत्र अजयमेरुकोटको अस्तित्व नै संकटमा परेको छ ।

 

तत्कालीन राजा नागी मल्लले डोटी राज्यको सञ्चालनका लागि आठ सय वर्षअघि अजयमेरुकोट दरबार निर्माण गरेका हुन् । तर, दरबार क्षेत्रको जमिन अतिक्रमणमा पर्दै जाँदा यसको पर्यटकीय सम्भावना पनि खुम्चिँदै गएको छ ।

 

कोट क्षेत्रमा रहेका ऐतिहासिक न्वालासमेत जीर्ण भइसकेका छन् । अजयमेरुकोट दरबार क्षेत्रको संरक्षण तथा विकासका लागि स्थानीय तहले भने गुरुयोजना बनाएर अघि बढ्ने बताएको छ । बर्सेनि लाखौं रकम खर्च हुँदा पनि अजयमेरु कोटको मर्मतसम्भार हुनुको साटो भग्नावशेषमा परिणत हुने अवस्था आएकाले गुरुयोजना बनाएरै अघि बढ्ने तयारी गरिएको अजयमेरु गाउँपालिकाका अध्यक्ष विकास भट्टले बताएका छन् ।

 

 

अजयमेरुकोट दरबार क्षेत्रको संरक्षण, संवद्र्धन र प्रचारप्रसार गर्न सके जिल्लाकै मुख्य पर्यटकीय क्षेत्रका रुपमा विकास हुनेमा स्थानीय बासिन्दा विश्वस्त छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);