लमजुङ दरबारको संरक्षणमा सरोकारवालाको चासो | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

लमजुङ दरबारको संरक्षणमा सरोकारवालाको चासो

लमजुङ । शाह वंशीय राजाहरूको पहिलो दरबार भएर पनि ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको छ । लमजुङको बेसीसहर नगरपालिका-३ गाउँशहरस्थित ऐतिहासिक धरोहरका रूपमा रहेको लमजुङ दरबारको प्रवर्द्धन हुन नसक्दा ओझेलमा परेको भन्दै सरोकारवालाहरूले यसको संरक्षण र प्रर्वद्धनमा चासो दिएका छन् ।

पर्यटकीय गन्तव्यको रुपमा सम्भावना रहेको लमजुङको गाउँसहरस्थित ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको भन्दै यसको प्रवर्द्धन गर्न सातौँ लमजुङ महोत्सवको अवसरमा गाउँसहरको पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाहरूको सहभागितामा कार्यशाला गोष्ठी गरिएको थियाे । मन्दिरको दीर्घकालीन विकास र प्रवर्द्धनका लागि कार्यशाला गोष्ठी आयोजना गरिएको लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए ।

संघीयता कार्यान्वयनसँगै दरबार संरक्षण र पुनर्निर्माणका लागि प्रदेश सरकारले जिम्मा लिने भने पनि हालसम्म कुनै गतिविधि सञ्चालन गरेको छैन । दरबारका भवनहरु जीर्ण छन् । गाउँसहरको पर्यटन प्रवर्द्धनका निम्ति दरबार संरचनाको मर्मत र पर्यटक लक्षित अन्य संरचनाहरू निर्माण गर्नुपर्ने भए पनि सरोकारवाला निकायको ध्यान नजाँदा ओझेलमा परेको स्थानीय सूर्यकुमार श्रेष्ठ बताउँछन् ।

१६औं शताब्दीमा निर्माण गरिएका पुरानो संरचनामा इतिहास जीवन्त पार्ने सम्पदा नहुँदा गाउँसहर दरबार ओझेलमा पर्दै आएको हो । शाह वंशीय राजाहरूको उद्गमस्थल ऐतिहासिक दरबारको प्रवर्द्धन भए पर्यटन क्षेत्रमा सहयोग पुग्ने उनको भनाइ छ । लमजुङ दरबारको इतिहासलाई जीवित राख्न सरोकारवाला निकायले नै चासो दिनुपर्ने र दरबारको संरक्षण र प्रर्वद्धनमा तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापाले बताए । उनले दरबारको हेरचाह, संरक्षण र विकास गर्ने काम पुरातत्व विभागको रहेकाे बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);