लमजुङ । लमजुङ प्रदेश सभा ‘२’ मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् ।पौडेलले ७ सय ५४ मतान्तरले एमालेका कृष्णप्रसाद अधिकारीलाई हराएका हुन् । पौडेलले १९ हजार ५५७ मत पाएका छन् । एमालेका अधिकारीले १८ हजार ८०४ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।प्रदेश सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङले १ हजार ९ सय ५७, मंगोल नेशनल अर्गनाइजेशनका राज गुरुङले ३ सय १४, जनता समाजवादी पार्टी नेपालका युवराज दुराले २ सय ४१ मत र नेपाली कांग्रेस वीपी का नवराज बसौलाले १ सय ४५ मत पाएका छन् । कुल ४१ हजार ८ सय ५७ मतमा ४१ हजार १७ सदर र ८ सय ४० बदर भएको छ ।
लमजुङ प्रदेशसभा २ मा कांग्रेसका पौडेल विजयी
ताजा समाचार
आगामी वर्ष बजेटको आकार बढाउने स्थिति छैनः पाण्डेय
५८ मिनेट अघि
पाकिस्तानी आक्रमणमा ४ को मृत्यु, ७० घाइते
१ घन्टा अघि




