कांग्रेस नेता एनपी साउँद कञ्चनपुरबाट सांसदमा विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८०, शनिबार

कांग्रेस नेता एनपी साउँद कञ्चनपुरबाट सांसदमा विजयी

कञ्चनपुर ।नेपाली कांग्रेसका नेता नारायणप्रसाद (एनपी) साउद कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।निकतम प्रतिस्पर्धी एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ मतान्तरले हराउँदै उनले संसदको यात्रा तय गरेका हुन् ।साउदले २८ हजार १ सय मत प्राप्त गर्दा धामीले २१ हजार ६४५ मत पाए । १ लाख ५ हजार ५७७ मतदातामध्ये ६४ हजार ७५२ मत खसेको थियो । जसमध्ये ४ हजार ९२० मत बदर भएको छ ।

Leave a Reply