हिमाल पारी कांग्रेसको एकलौटी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हिमाल पारी कांग्रेसको एकलौटी

पोखरा। हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा यो निर्वाचन कांग्रेसको पक्षमा परेका छन् । मुस्ताङको प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सीट तथा मनाङको प्रतिनिधि सभा र प्रदेशसभाको एक सीटमा कांग्रेस उम्मेद्वार विजयी भए । मनाङको एउटा क्षेत्रमा भने स्वतन्त्र उम्मेद्वार सर्वसम्मत भएका थिए ।
मुस्ताङको प्रतिनिधि सभा सदस्यमा कांग्रेसका २९ वर्षे योगेश गौचन थकाली विजयी भए । उनले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिश्पर्धी एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत मात्रै पाएका छन् । प्रदेश सभा (क) बाट कांग्रेसकै नम्डु गुरुङ विजयी भए । नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिश्पर्धी एमाले इन्द्रधारा विष्टले ७ सय ९३ मत पाए । प्रदेश (ख) मा कांग्रेसका विकल शेरचन निर्वाचित हुँदा एमालेका चन्द्रमोहन गौचन पराजीत भए । उनले गौचनलाई १ सय ५८ मत अन्तरले हराएका हुन् । शेरचनले २ हजार ७ सय २३ मत ल्याए भने गौचनले २ हजार ५ सय ६५ मत पाए । योसँगै मुस्ताङमा कांग्रेसले क्लिन स्वीप पारेको छ ।  मनाङको प्रतिनिधि सभा सदस्यमा कांग्रेसकै टेकबहादुर गुरुङ विजयी भए । निवर्तमान सांसद एमालेका पोल्देन छोपाङ गुरुङलाई ३ सय ३८ मत अन्तरले हराए । टेक बहादुरले २ हजार ५ सय ७५ मत पाउँदा पोल्देनले २ हजार २ सय ४७ मत पाएका छन् ।

प्रदेश सभा (क) मा कांग्रेसकै मुनिन्द्र जंग गुरुङले चुनाव जिते । मुनिन्द्रले एमालेका राजन गुरुङलाई ३ सय ३० मत अन्तरले हराए । मुनिन्द्रको १ हजार २ सय ५५ मत आउँदा राजनले ९ सय २५ मत मात्रै पाए । मनाङको प्रदेश सभा (ख) मा स्वतन्त्र उम्मेद्वार राजीव गुरुङ उर्फ दीपक मनाङे सांसद बनिसकेका छन् । उनी निर्विरोध निर्वाचित भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);