म्याग्दीको सेटै गठबन्धनले जित्यो | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८३, मंगलबार

म्याग्दीको सेटै गठबन्धनले जित्यो

पोखरा। म्याग्दीका तीनै सीट लोकतान्त्रिक बाम गठबन्धनले जितेको छ। प्रतिनिधि सभा सदस्यमा कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर)  तथा प्रदेश सभामा माओवादीका रेशम जुग्जाली र हरि भण्डारी विजयी भएका हुन् । गर्बुजाले एमालेका हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८ सय ३२ मत अन्तरले हराए । खम्बिरको २४ हजार २१ मत आउँदा श्रेष्ठको २० हजार १ सय ८९ मत आयो ।
प्रदेश सभा (क) मा माओवादीका भण्डारीले एमालेका देवेन्द्रबहादुर कटुवाललाई हराए । भण्डारीले १२ हजार ७ सय ४० मत ल्याउँदा कटुवालले ११ हजार ७ सय ६५ मत पाए ।

प्रदेश सभा (ख) बाट माओवादीकै जुग्जाली निर्वाचित भएका छन् । उनले एमालेका यामबहादुर जुग्जालीलाई १ सय १ मत अन्तरले हराएका हुन् । रेशमको ९ हजार ४ सय ५४ मत आउँदा यामबहादुरको ९ हजार ३ सय ५३ मत आएको छ।

Leave a Reply

ताजा समाचार