बाजुरा प्रदेश (क) मा एमालेका बलदेव रेग्मी विजयी, अन्यमा वामको अग्रता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मदन वि.क.
बाजुरा, २२ मंसिर । बाजुराको प्रदेश (क) मा बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका बलदेव रेग्मी विजयी भएका छन् । रेग्मीले ९ हजार ८ सय ४० मत ल्याएर प्रदेश सभा (क) मा विजयी भएका हुन् । रेग्मीका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जनक गिरीले ८ हजार ३ सय ११ मत ल्याएर पराजित भएका छन् ।

पहिलो चरणमा मंसिर १० गते भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । मध्यान्न १२ बजे सम्मको मत परिणाम अनुसार प्रतिनिधि सभाका लागि बामगठबन्धन एमालेका लालबहादुर थापाले १० हजार ७ सय ६१ मत ल्याएका छन् । त्यस्तै उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कविराज पंडितले १० हजार ६ सय ३५ मत पाएका छन् । प्रतिनिधि सभाका लागि अहिलेसम्म २२ हजार ४ सय ८२ मत गणना भएको छ । जसमा बदर मत ७ सय ३३ रहेको छ ।

त्यस्तै प्रदेश सभा (ख) मा १८ हजार ३० मत गणना भईरहँदा बामगठबन्धन नेकपा एमालेका प्रकाश शाहले १० हजार ८१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी पदम शाहीले ७ हजार ३ सय ६८ मत पाएका छन् । यसरी हेर्ने हो भने काँग्रेस भन्दा एमाले ३ हजारको मतान्त्ररले अगाडि रहेका छन् । प्रदेश सभा ख) मा ४ सय ७६ मत बदर भएका छन् ।
बाजुरामा ६९ हजार ८ सय ३४ मतदाता मध्ये ५२ हजार ९ सय ४५ मतदाताले मताधिकार प्रयोग गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);