अर्घाखाँचीमा एमालेको क्लीन स्वीप | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

अर्घाखाँचीमा एमालेको क्लीन स्वीप

बुटवल । अर्घाखाँचीमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले क्लिव स्वीप गरेको छ एक प्रतिनिधि सभा र २ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन सिटमै एमाले विजयी भएको हो । प्रतिनिधि सभा सदस्यमा एमाले सचिव टोपबहादुर रायमाझी र प्रदेश सभा सदस्यमा चेतनारायण आचार्य र रामजी घिमिरे विजयी भएका हुन् ।नेता रायमाझीले पूर्व उपसभामुख तथा कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाललाई पराजित गरेका हुन् । रायमाझीले ४८ हजार १७२ मत ल्याउँदा भुसालले ४६ हजार ४४२ मत ल्याएकी छन् । रायमाझीले १७ सय ३० मतान्तरले जित हात पारेका छन् ।

रायमाझी ०६४ सालदेखि लगातार यहाँबाट जित्दै आएका छन् । प्रदेशसभा १ मा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र २ मा रामजी घिमिरे विजयी भएका छन् । आचार्यले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका सागर केसीलाई ७ सय ४० मतान्तरले पराजित गरेका हुन् । आचार्यले २० हजार ५ सय १८ मत ल्याउँदा केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गरेका थिए ।यसैगरी प्रदेश सभा २ मा रामजी प्रसाद घिमिरे २२ हजार ७ सय ७६ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कमल प्रसाद भुसालले २१ हजार ९ सय ७५ मत प्राप्त गरेका थिए । घिमिरेले भुसाललाई ८ सय १ को मतान्तरले जितेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);