जनमोर्चालाई समर्थन गर्दै विकले लिए उम्मेदवारी फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जनमोर्चालाई समर्थन गर्दै विकले लिए उम्मेदवारी फिर्ता

अर्घाखाँची । नेकपा माओवादी केन्द्रबाट अर्घाखाँची प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका ठाकुरकुमार विकले उम्मेदवारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवारी दिएका नेता सागर केसीलाई समर्थन गर्दै विकले उम्मेदवारी फिर्ता गरेका हुन् ।

सत्ता गठबन्धनमा बाँडफाँट हुँदा अर्घाखाँची प्रदेशसभा क माओवादी केन्द्रको भागमा परेको थियो । माओवादी केन्द्रको भागमा परेको भए पनि सो ठाउँ आफूले पाउनु पर्ने दाबी गर्दै जनमोर्चाले उम्मेदवारी दर्ता गराएको थियो ।

अर्घाखाँचीमा निर्णयक भनिएको जनमोर्चाले आफ्नो अडान कायमै राखेपछि केन्द्रको दबाबमा बिक उम्मेदवारी फिर्ता गर्न सहमत भएको माओवादी स्रोतले जनाएको छ । विकको उम्मेदवारी फिर्तासँगै अर्घाखाँचीमा प्रदेश सभा क को लागि एमालेका चेतनारायण आचार्य र जनमोर्चाका नेता सागर केसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

कांग्रेसको भागमा परेको अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले उम्मेदवारी दर्ता गरेकी छन् । एमालेका  केन्द्रीय सचिव टोपबहादुर रायमाझीले उम्मेदवारी दिएको यो क्षेत्रमा स्वतन्त्रबाट पत्रकार हरिप्रसाद भुसाल चुनावी मैदानमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);