बाढी पीडितको जनजीवन सामान्य बनाउन विकास समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

बाढी पीडितको जनजीवन सामान्य बनाउन विकास समितिको निर्देशन

Koshi Bareg

काठमाडौ, ६ भदौ । व्यवस्थापिका संसदको विकास समितिले बाढी, पहिरो र डुबानबाट क्षति भएको भौतिक पूर्वाधार तत्काल निर्माण गरी जनजीवन सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।

 

समितिको मंगलबार बसेको बैठकले बाढी, पहिरो र डुबानबाट क्षति भएको भौतिक पूर्वाधार निर्माणका लागि बजेटको अभाव हुन नदिन अर्थ मन्त्रालयलाई पनि सचेत गराएको छ ।

 

बैठकले भौतिक पूर्वाधारको क्षति र निर्माणसम्बन्धि विस्तृत कार्ययोजना बनाई ५ दिन भित्र समितिमा पेश पनि गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र सिंचाई मन्त्रालयलाई निर्देशन दिएको छ ।

 

बाढी, पहिरो र डुबानबाट भएको क्षति र त्यसको निर्माणसम्बन्धि विस्तृत कार्ययोजना ५ दिन भित्र समितिमा पेश गर्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति रविन्द्र अधिकारीले जानकारी दिए ।

 

समितिले बाढी, पहिरो र डुबान नियन्त्रण सम्बन्धि दीर्घकालीन योजना तर्जुमा गरी कार्यान्वयनमा लैजान पनि सरकारलाई पुनः सचेत गराएको छ । समितिका सभापति अधिकारीले बाढी, पहिरो र डुबान नियन्त्रणसम्बन्धि दीर्र्घकालीन योजना बनाउन पनि सरकारलाई निर्देशन दिइएको बताए ।

 

समितिले योजना तर्जुका गर्नका लागि तत्काल बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई पनि निर्देश गरेको छ । बैठकमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले विपद् व्यवस्थापनका लागि वन मन्त्रालयले सहयोग नगरेको गुनासो गरे । उनले तराईका विभिन्न जिल्लामा तत्काल पूर्वाधार निर्माणका काम गर्न त्यहाँको वन कार्यालयहरुले सहयोग नगरेको स्पष्ट पारे ।

 

बैठकमा समितिका सदस्यहरुले बाढी, पहिरो र डुबानबाट भौतिक पूर्वाधारको क्षेत्रमा भएको क्षतिको एकीन वितरण संकलन गरी निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन सरकारसँग माग गरेका थिए ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);