क्षतिग्रस्त सडक तथा पुलको मर्मत-सम्हारको काम तत्काल सुरु गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

क्षतिग्रस्त सडक तथा पुलको मर्मत-सम्हारको काम तत्काल सुरु गर्न निर्देशन

samito nirdeshan

काठमाडौं, २६ साउन । संसदीय समितिले वर्षात्का कारण क्षतिग्रस्त सडक तथा पुलहरुको मर्मत, सम्हार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ ।

संसदको विकास तथा प्रविधि समितिको आईतबार बसेको बैठकले वर्षात्का कारण क्षतिग्रस्त सडक तथा पुलहरुको जीर्णोदार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकमा समितिका सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकारको हानाथापका कारण वर्षाले क्षति पु¥याएका सडक तथा पुल निर्माणको काम अघि बढन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

यता, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्षाले क्षति पु¥याएका सबै सडक तथा पुलहरुको मर्मत, सम्हार र पुनर्निर्माणको कामको जिम्मेवारी सरकारले लिने जवाफ दिनु भएको थियो ।

गत असार २६ गतेबाट लगातार ३ दिनसम्म आएको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट मुलुकमा मानवीय क्षति समेत हुन पुगेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);