देशभर ५१ प्रतिशत मात्रै पुर्ननिर्माणको काम पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

देशभर ५१ प्रतिशत मात्रै पुर्ननिर्माणको काम पूरा


काठमाडौँ, १३ पुष। नेपालमा विनाशकारी भूकम्प गएको पाँच वर्ष बढी भैसकेको छ । सरकारले भूकम्प गएको ५ वर्ष भित्र पुनर्निर्माण काम सम्पन्न गर्ने घोषणा थियो । तर, सरकारी घोषणाअनुसार देशभर ५ वर्षभित्र सम्पदा पुनर्निर्माण सम्पन्न भएका छैनन् । पछिल्लो सरकारी तथ्यांक अनुसार देशभर ५१ प्रतिशत मात्रै पुर्ननिर्माणको काम पूरा भएको छ ।


विसं २०७२ को भूकम्पले उपत्यकाका दर्जनौँ सम्पदा ध्वस्त बनाएको थियो । थर पुनर्निर्माणको काम भने अपेक्षाकृत गतिमा अघि बढ्न सकोको छैन । ५ वर्षमा सम्पदा पूननिर्माणको काम सम्पन्न गर्ने सरकारी लक्ष्य भएपनि हालसम्म आधा मात्र काम सम्पन्न भएको छ । हालसम्म उपत्यका लगायत देशभर ५१ प्रतिशत मात्र पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणको काम भएको छ । क्षतिग्रस्त ९ सय २० वटा सम्पदा मध्ये ४सय ६५ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । बाँकी सम्पदा पुनर्निर्माणको चरणमा छन् ।


भूकम्पले सबैभन्दा बढी क्षति पु¥याएका सम्पदाहरुमध्ये काठमाडौँस्थित ऐतिहासिक सम्पदा रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको छ । यस्तै धरहराको २०औँ तलाको काम चालु छ । बबरमहल, केशरमहल, बालमन्दिर, नारायणहिटी संग्रहालय क्षेत्रमा रहेको रणोद्दीप दरबार लगायतका पुरातात्विक महत्वका दरबारहरूको जिर्णोद्धार एवं पुनर्निर्माण द्रुत गतिले अघि बढेको जनाइएको छ ।

यस्तै भक्तपुर दरबार क्षेत्रलगायत प्राचीन स्मारक तथा सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माणका काम भईरहेको छ । यसमा दक्ष जनशक्ति, निर्माण सामग्री, धार्मिक तथा सांस्कृतिक पक्षको संरक्षण, स्थानीय समुदायसँगको सहमति, सम्पदासम्बन्धी विश्वव्यापी मान्यता, काष्ठकला तथा मूर्ति निर्माणका लागि लाग्ने समयसमेत ध्यान दिनुपर्ने हुँदा पुनर्निर्माणमा बढी समय लाग्ने हुँदा पुर्ननिर्माणमा ढिलाइ भएको विज्ञको प्रतिक्रिया छ ।

सरकारी लक्ष्य अनुसार पुनर्निर्माणको काम हुन सकेन । यस्तो हुनुमा सरकारी निकायहरुको समन्वयको अभाव मुख्य कारण देखिएको छ । मुलुकको पर्यटन क्षेत्रमा मात्रै होइन, समग्र विकासको प्रक्रियामा सहायक सिद्ध हुनसक्ने पुनर्निर्माणको कामलाई सम्बन्धित निकायले उच्च प्राथमिकतामा राख्नु आवश्यक छ ।
अप्सरा गौतम काठमाडौ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);