भूकम्प गएको तेस्रो वर्ष पुग्दा पनि पुनर्निर्माणमा प्रगति भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

भूकम्प गएको तेस्रो वर्ष पुग्दा पनि पुनर्निर्माणमा प्रगति भएन

फूलमाया आले

काठमाडौं, ११ वैशाख । भूकम्प गएको तेस्रो वर्ष पुग्दा पनि पुनर्निर्माणमा उल्लेख्य प्रगति देखिएको छैन । भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले २०७२ पुसमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरेको थियो । तर, भूकम्पपीडितको वास्तविक तथ्यांक र पुनर्निर्माणको प्रगति नै प्राधिकरणले यकिनका साथ बताउन सकेको छैन ।

भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको पनि २८ महिना भएको छ । प्राधिकरणले भौतिक संरचनाको पुनर्निर्माणका लागि विभिन्न किसिमका अभियान पनि चलाएको छ ।

तर, पुनर्निर्माणको कामले भने अपेक्षाकृत गति लिन सकेको छैन । तीन वर्षमा पुनर्निर्माणमा भएका कामबारे जानकारी दिन प्राधिकरणले आयोजना गरेको कार्यक्रममा प्राधिकरणका प्रवक्ता यमलाल भुसालले निजी आवास पुनर्निर्माणको काम भने सन्तोषजनक ढंगले अघि बढेको दाबी गरे ।

७ सय ५३ वटा सम्पदाको पुनर्निर्माण गर्नुपर्नेमा अहिलेसम्म करिब एक सय मात्र निर्माण सम्पन्न गरिएका छन् । ३ सय २९ निर्माण कार्य जारी रहेको तथा ३ सय २४ वटा सम्पदा पुनर्निर्माणको प्रक्रिया सुरु हुन नै बाँकी छ ।

शैक्षिक संस्थाको पुनर्निर्माण गर्नुपर्ने संख्या ७ हजार ५ सय ५३ रहेकोमा ३ हजार ६ सय १३ पुनर्निर्माण सम्पन्न भएको, १७ सय १९ निमार्णाधीन अवस्थामा रहको प्राधिकरणको तथ्याङ्क छ । १ हजार १ सय ९७ स्थास्थ्य संस्थाहरुको पुनर्निर्माण गर्नुपर्नेमा ५ सय ८६ वटा सम्पन्न भएको, १ सय ८० निमार्णधीन अवस्थामा रहका छन् ।

साथै ३ सय ७९ वटा सरकारी भवनमध्ये २ सय २० वटा सम्पन्न तथा १ सय ४७ निमार्णधीन अवस्थामा छ । सुरक्षा निकायहरुको निर्माण गर्नुपर्ने ३ सय ८३ मध्ये ७९ वटा सम्पन्न भएका छन भने १ सय २६ निमार्णधीन अवस्थामा छन् ।

भूकम्पपछिको पुनर्निर्माणका लागि आर्थिक वर्ष २०७३-७४ मा ४९ अर्ब रुपैयाँ खर्च भएको छ भने चालू आर्थिक वर्ष ०७४÷७५ को अहिलेसम्म ६६ अर्ब रुपैयाँ खर्च भएको छ । त्यस्तै दातृ निकायको सम्मेलनबाट घोषणा भएअनुसार रकम पनि नआएको प्राधिकरणले जनाएको छ ।

भूकम्पपछिको पुनर्निर्माणको काम अत्यन्तै सुस्त भएको भन्ने आलोचनाका माझ प्राधिकरणले यस वर्ष पुनर्निर्माणको कामलाई अझै गति दिने प्रतिबद्धता जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);