विद्यालय पुनर्निर्माणको कामले गति लिन नसकेको प्राधिकरणकाे स्पष्टिकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

विद्यालय पुनर्निर्माणको कामले गति लिन नसकेको प्राधिकरणकाे स्पष्टिकरण

rastriya punanirman

काठमाडाैं, ४ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण सामग्रीहरुको मूल्यमा आएको उतारचढावका कारण विद्यालय पुनर्निर्माणको कामले गति लिन नसकेको स्पष्टिकरण दिएको छ ।

प्राधिकरण अन्तरगतको केन्द्रिय आयोजना कार्यान्वयन शिक्षा इकाईका आयोजना निर्देशक इमनारायण श्रेष्ठले निर्माण सामग्रीको मूल्यमा आएको उतारचढावका कारण विद्यालय पुनर्निर्माणको कामले गति लिन नसकेको स्पष्टिकरण दिएका हुन् । प्राधिकरणले विद्यालयको पुनर्निर्माणमा स्थानीयको माग पनि बाधकको रुपमा रहेको दावी गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित भूकम्पपछिको पुनर्निर्माणको कामको प्रगतिबारे समिक्षा गर्न आयोजित कार्यक्रममा बोल्दै आयोजना निर्देशक श्रेष्ठले हालसम्म भूकम्पले क्षति पु-याएको ३ हजार ७ सय ८५ वटा विद्यालय पुनर्निर्माणको काम सम्पन्न गरिएको बताए ।

सरकारले विद्यालय पुनर्निर्माणको काम विद्यालय व्यवस्थापन समिति, विभिन्न आयोजना र गैरसरकारी संस्थाहरुलाई दिएको छ । आयोजना निर्देशक श्रेष्ठले जग्गा नभएका कारण करिव ४ सय ५० वटा विद्यालय पुनर्निर्माण तत्काल अघि बढाउन सकिने अवस्था नरहेको पनि जानकारी दिए ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी ७ हजार ९ सय २३ वटा विद्यालयमा क्षति पुगेको थियो । प्राधिकरणले निजी आवास पुनर्निर्माणको कामलाई पूर्णता दिएपछि विद्यालय पुनर्निर्माणको काममा तीव्रता दिने योजना पनि अघि सारेको छ ।

शिक्षा इकाई निर्देशक श्रेष्ठले विद्यालय पुनर्निर्माणका लागि स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्ने योजना अघि सारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);