राष्ट्रिय पुननिर्माण प्राधिकरण राजनीतिक भर्ती केन्द्र बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रिय पुननिर्माण प्राधिकरण राजनीतिक भर्ती केन्द्र बन्दै

rastriya punanirman

गठन भएको साँढे दुई बर्षमा चार जना प्रमुख कार्यकारी अधिकृत फेरिए –

काठमाडौं, २४ असार । भूकम्प पछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुननिर्माण प्राधिकरण राजनीतिक भर्तीकेन्द्र जस्तो भएको छ । प्राधिकरण गठन भएको साँढे दुई बर्षमा चार जना प्रमुख कार्यकारी अधिकृत फेरिसकेका छन् । तर, भूकम्प गएको ३८ महिना बितिसक्दासमेत पुनर्निर्माणको काम भने सन्तोसजनक देखिएको छैन ।

विक्रम संवत २०७२ सालको भूकम्पले क्षति पु-याएका संरचनाको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अपेक्षाकृति काम गर्न सकेको छैन ।

भूकम्प गएको तीन बर्ष वितिसक्दा पनि नीजि आवास पुनर्निर्माणको कामसमेत सकिएको छैन । सम्पदा पुनर्निर्माणको काम त अझ लठिपत्र छ । तर, सरकार फेरिएपिच्छे प्राधिकरणले नयाँ–नयाँ प्रमुख कार्यकारी अधिकृत भने पाइरहेको छ ।

प्राधिकरण गठन भएको साँढे दुई बर्षमा चार जनाले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाली सकेका छन् । पछिल्लो समय कांगेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्ती गरेको प्रमुख कार्यकारी अधिकृत युवराज भुसाललाई पनि केपी शर्मा ओली नेतृत्वका सरकारले विदाइ गरेको छ ।

भुसालले साँढे आठ महिना प्राधिकरणको नेतृत्व गरे । कार्यकाल बाँकी छँदै सरकारले जिम्मेवारीमुक्त गरे पनि भुसालले सरकरको निर्णय स्वभाविक भएका प्रतिक्रिया दिए । आफूलाई काम गर्ने अवसर दिएकोमा उनले खुसी व्यक्त गरे ।

आगामी दिनमा आउने नयाँ नेतृत्वले तीव्र रुपमा काम गरे पुनर्निर्माणको काम समयमा नै सकिने भुसालको भनाइ छ । भुकम्प पीडितलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भनिएपनि उपलब्ध गराउन नसक्दा आफ्नो कार्यकालको चुनौतीपूर्ण काम त्यही भएको उनको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);