आज विश्व जनसंख्या दिवस, नेपालमा पनि मनाइयाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज विश्व जनसंख्या दिवस, नेपालमा पनि मनाइयाे

काठमाडौं, २४ असार । आज विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरि मनाइएको छ । ‘परिवार नियोजन मानव अधिकार’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व जनसंख्या दिवस मनाइएको हो ।

यसै अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा अर्यालले जनसंख्या नियन्त्रणका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले परिवार नियोजनमार्फत् जनसंख्या नियन्त्रण गर्ने राष्ट्रिय अभियानलाई अझै प्रभावकारी बनाउन सरकारले बहस, छलफलजस्ता कार्यक्रमलाई जोड दिने नीति लिएको स्पष्ट पारे ।

जनसंख्याका मुद्धाहरुलाई सम्बोधन गर्न सन् १९८९ देखि हरेक वर्ष विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । नेपाल सरकारले पनि जनसंख्याको उचित व्यवस्थापन गर्न परिवार नियोजनको अभियानलाई प्रभावकारी बनाउन जोड दिँदै आएको छ ।

राज्यमन्त्री अर्यालले मुलुकको समृद्धिका लागि पनि परिवार नियोजनको अभियानमार्फत जनसंख्या नियन्त्रणको कामलाई अघि बढाउने स्पष्ट पारे । उनले परिवार नियोजनको कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सम्बन्धित निकायलाई पनि सचेत गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);