विभिन्न चेतनामूलक कार्यक्रमम गरी विश्व बालश्रम विरुद्धको दिवस मनाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

विभिन्न चेतनामूलक कार्यक्रमम गरी विश्व बालश्रम विरुद्धको दिवस मनाइयो

bal labour

काठमाडौं, २९ जेठ । बालश्रम प्रयोग नगर्न आह्वान गर्दै नेपालमा पनि विश्व बालश्रम विरुद्धको दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा मंगलबार विहान प्रभातफेरी कार्यक्रमको आयोजना गरियो । बालश्रम विरुद्धको अभियानलाई सफल बनाउने उद्देश्यका साथ आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा चेतनामूलक गिती नाटकहरुसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बालश्रम विरुद्धको अभियानलाई सफल बनाउन गम्भिर समिक्षा गरेर अघि बढने प्रतिवद्धता व्यक्त गरे ।

उनले नेपालबाट विक्रम संवत २०८२ साल भित्र बालश्रम निवारण गर्न बालश्रम निवारण गुरुयोजना तय गर्न लागिएको जानकारी दिए । नेपालमा मूलतः गरिवी र जनचेनताको अभावका कारण लाखौंको संख्यामा बालबालिकाहरुले श्रम गर्न बाध्य हुनुपरेको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको छ । सरकारले बालश्रम विरुद्धको अभियानलाई प्रभावकारी बनाउन ऐन, नियम र कानुन संशोधन गरेर अघि बढने योजना बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);