बालश्रम मुक्त मुलुक बनाउने अभियानमा इट्टा उद्योगको साथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बालश्रम मुक्त मुलुक बनाउने अभियानमा इट्टा उद्योगको साथ

bal shrammukta abhiyan

काठमाडौं, १४ साउन । नेपाल इट्टा उद्योगीहरुले मुलुकलाई बालश्रमरहित बनाउने सरकारी अभियानमा साथ दिने प्रतिबद्धता जनाएका छन् । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी इटा उद्योगीहरुको छाता संगठन नेपाल इटा उद्योग महासंघले यस्तो प्रतिबद्धता जनाएको हो ।

गत असार २४ गते मन्त्री परिषद बैठकले पारित गरेको बालश्रम निवारणसम्बन्धी दस वर्षे राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) लाई कार्यान्वयन गर्न आफूहरुले प्रतिबद्धता जनाएको महासंघको भनाइ छ । हाल मुलुकभर करिब ११ सय इट्टा उद्योग रहेको र उपत्यकामा मात्र १ सय १० वटा इट्टा उद्योग रहेको नेपाल इट्टा उद्योग महासंघको तथ्याङ्क रहेको छ ।

बालश्रमको जोखिममा रहेका बालबालिका र बालश्रममा रहेका बालबालिकाका परिवार पनि यस गुरुयोजनामा समेटिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताउनुभयो । बालश्रमिकको पुनःस्थापना र बालश्रमबाटपीडित बालबालिका र तिनका परिवारलाई बैकल्पिक रोजगारीको व्यवस्था गर्न सम्बन्धित संघ–संस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने मन्त्री विष्टले बताए ।

१० वर्षभित्रमा नेपालबाट सबै प्रकारका बालश्रम पूर्णरुपमा निवारण गरी मुलुकलाई बालश्रम रहित बनाउने लक्ष्य गुरु योजनामा छ । त्यस्तै गुरु योजनामा २०७९ सम्ममा निकृष्ट प्रकारको तथा शोषणयुक्त बालश्रम निवारण गर्ने र २०८२ सालसम्ममा सबै किसिमका बालश्रम निवारण गर्ने उल्लेख छ । साथै उक्त गुरुयोजना चालू आर्थिक वर्षबाट लागू भई २०८५ असार मसान्तसम्म कार्यान्यवन गरिने मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);