विद्यालयको भवन निर्माणमा लाखौको भ्रष्टाचार | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

विद्यालयको भवन निर्माणमा लाखौको भ्रष्टाचार

corruption in school

विवशकुमार सेजुवाल
कालिकोट, १४ साउन
। कालिकोटको पलाता गाउँपालिकाको कालिका माध्यामिक विद्यालयको भवन निर्माणमा अनियमितता भएको पाइएको छ । भवन बनाउने कामदारले समेत ज्याला नपाएको गुनासो गरेका छन् । अनियमितता भएको विषयमा गाउँपालिकाले छानबिन गर्ने प्रतिबद्धता जनाएको छ ।

कालिकोटको पलाता गाउँपालिकाको कालिका माध्यामिक विद्यालयको भवन निर्माणको क्रममा ३६ लाख रकम मध्ये १८ लाखको नक्कली बिल पेश गरेको पाइएको हो । विद्यालयको एक तला भवन निर्माण गरिएको बिल बनाए पनि भवन निर्माण नै भएको छैन ।

स्थानीयले पलाता गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष र विद्यालयका प्रधानाध्यापकले अनियमितिता गरेको आरोप लगाएका छन् । पलाता गाउँपालिकाले अनियमितता भएको विषयमा छानबिन गरेर अनियमितता भएको रकम असुल गर्ने बताएको छ ।

कामदारले काम गरेको एक बर्ष बितिसक्दा पनि ज्याला नपाएको गुनासो गरेका छन् । स्थानीयले अनियमितताको विषयमा छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);