इट्टा भट्टाको पर्खाल खसेर मजदुरको मृत्यु, दुई जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

इट्टा भट्टाको पर्खाल खसेर मजदुरको मृत्यु, दुई जना घाइते

death

सप्तरी । सप्तरीको रुपनीस्थित रहेको विशाल इट्टा भट्टाको पर्खाल खसेर एक जना मजदुरको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा इट्टा भट्टामा कार्यरत सप्तरीको जगमोहनकी ४७ वर्षीया जतरीदेवी सदा रहेकी छन् । गम्भीर घाइते भएकी सदाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काप्लेले जानकारी दिएका छन् । 

घाइते हुनेमा सोही भट्टामा कार्यरत ५० वर्षीय मंगल सदा, ४५ वर्षीय रमेश लोधरी रहेका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको प्रवक्ता काफ्लेले भनाई रहेको छ । उनले भने, ‘घाइतेको उपचारमा भट्टा मालिक सहयोग गरिरहेको छ । घटनाको मुचुल्का उठाइसकेको छ । अनुसन्धान भइरहेको छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);