सानेपामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

सानेपामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु 

ललितपुर । ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रीत भएर पल्टीदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । सोही दुर्घटनामा एक  जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपाने रहेका छन् । गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा सानेपा स्थित स्टार अस्पतालमा राती सवा २ बजे मृत्यु भएको हो । 

दुर्घटनामा घाइते हुनेमा तनँहुको आबु खैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमन कुमार सिंह रहेका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । न्यौपाने र सिंह सवार रहेको बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल गएराती सवा १ बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);