कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०७९, बुधवार

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलाली । कैलालीको धनगढी उपमहानगरपालीका–१३ राजपुरमा बुधबार बेलुकी मोटरसाइकल पल्टीदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडी सवार व्यक्ति घाइते भएका छन् ।

मृत्यु हुनेमा कैलालीकै गोदवारी नगरपालिका–५ का ३१ बर्षीय दल बहादुर भट्टराई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

घाइते भएका मोटरसाइकलमा पछाडी सवार कैलाली ६ का ३३ बर्षीय यज्ञराज नौलालको सोही अस्पतालमा उपचार भइरहेको छ । अत्तरियाबाट धनगढीतर्फ जादै गरेको से ५ प ३९४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी सवा ७ बजे नियन्त्रण गुमाएर पल्टीएको प्रहरी चौकी कैलालीगाँउले जनाएको छ ।

Leave a Reply