कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु 

death body

कैलाली । कैलालीको टिकापुर नगरपालिका–२ कोठारपुरमा हिजो बेलुका मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक युवती गम्भीर घाइते भएकी छन् ।

मृत्यु हुनेमा सोही नगरपालिका–२ बिजयनगरका ७० वर्षीय भोकारी थारु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको हो । घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय १८ वर्षीया आस्मा चौधरीको सोही अस्पतालमा उपचार भैरहेको छ ।

से ६ प ३१८१ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ७ बजे थारु सवार साइकललाई ठक्कर दिएर पल्टिएको थियो । मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय टिकापुर कैलालीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);