ऐंसेलुखर्क गाउँपालिकाको चालु खर्च ३७.७५ प्रतिशत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ऐंसेलुखर्क गाउँपालिकाको चालु खर्च ३७.७५ प्रतिशत

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले चालुतर्फ ३७ दशमलव ७५ प्रतिशत बजेट खर्च गरेको छ । बुधबार सम्पन्न पाँचौं हिउँदे गाउँसभामा चालुतर्फ आर्थिक वर्ष २०७८/०७९ मा २९ करोड २७ लाख ९५ हजार ९०० रुपैयाँ विनियोजन गरिएकामा ११ करोड ५ लाख ३१ हजार ५८५ खर्च भएको जानकारी दिइएको छ ।

गाउँपालिका उपाध्यक्ष पुष्पकला भुजेलले प्रस्तुत गरेको आर्थिक प्रतिबेदनमा पुँजीगततर्फ २१ दशमलव ८१ प्रतिशत खर्च भएको देखाइएको छ । चालु आर्थिक वर्ष पुँजीगततर्फ १६ करोड ७८ लाख १७ हजार विनियोजन गरिएकामा तीन करोड ६६ लाख ५ हजार २६८ खर्च भएको गाउँपालिकाले जनाएको छ । 

आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाले कुल ४६ करोड ५६ लाख १२ हजार ९०० बजेट ल्याएकोमा हालसम्म १४ करोड ७१ लाख ३६ हजार ८५३ खर्च भएको छ । चालुतर्फ १८ करोड २२ लाख ६४ हजार ३१५ र पुँजीगततर्फ १३ करोड १२ लाख ११ हजार ७३२ गरी ३१ करोड ८४ लाख ७६ हजार ४७ रुपैयाँ बजेट खर्च हुन बाँकी रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । वित्तीय व्यवस्थापनमा विनियोजन गरिएको ५० लाख भने हालसम्म गाउँपालिकाले खर्च गर्न सकेको छैन । 

हिउँदे गाउँसभामा गाउँपालिकाले हालसम्म गरेको निर्णय तथा प्रगती विवरण प्रस्तुत गरेको छ ।   

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);