चितवनमा चालु अार्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च १५ प्रतिशत | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

चितवनमा चालु अार्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च १५ प्रतिशत

चितवन, १३ माघ । चितवनमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा पुँजीगत खर्च १५ प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यलय चितवनका अनुसार पुस महिनासम्म पुँजीगत खर्च १४ दशमलव ९५ प्रतिशत भएको हो ।

गत आर्थिक वर्षको यहि अवधिमा १८ प्रतिशत पुँजीगत खर्च भएको थियो । यो वर्ष चालु खर्च भन्दा पुँजीगत खर्च झण्डै ४० प्रतिशत कम छ । चालु बर्षमा पुस मसान्तसम्मको लागि १४ अर्ब ५५ करोड २५ लाख ९७ हजार विनियोजन गरिएको थियो ।

जसमध्ये पुँजीगततर्फ ८१ करोड ३९ लाख ३९ हजार रुपैयाँ बजेट खर्च भएको छ । पुँजीगततर्फ ५ अर्ब ४४ करोड ६६ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो ।

त्यस्तै चालुगततर्फ ५ अर्ब ४१ लाख ४३ हजार रुपैयाँ खर्च भएको छ । चालुतर्फ ९ अर्ब १० करोड ५९ लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । चालुतर्फ ५४ दशमलव ९६ प्रतिशत खर्च भएको छ । ६ महिनाको अवधिमा चितवनमा १० अर्ब बढी राजस्व संकलन भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);