मकवानपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मकवानपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौडा उपमहानगरपालिका–८ कमानेमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २५ वर्षीय बिक्रम वाईबा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडी सवार ३१ वर्षीय रमेश बलको सोही अस्पतालमा उपचार भइरहेको छ । 

शनिबार राति सवा १ बजे कमानेबाट क्याम्पडाँडातर्फ आउदै गरेको ना ६३ प ७४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको वडा प्रहरी कार्यालय हेटौडाले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);