नेप्से परिसूचक ०.४४ अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेप्से परिसूचक ०.४४ अंकले घट्यो

stock_exchange_nepse

काठमाडौं, १४ साउन । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य घटेपनि कारोबार रकम भने बढेको छ । नेप्से परिसूचक ० दशमलव ४४ अंकले घटेर ११ सय ९४ दशमलव ३८ अंक कायम भएको छ ।

हिजो १८ करोड ४९ लाख रुपैयाँको सेयर किनबेच भएकोमा आज २९ करोड ६१ लाख ५६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । समूहगत परिसूचकतर्फ बैंकिङको ० दशमवलव ७९, विकास बैंकको ० दशमलव २२, वित्तको ४ दशमलव १८ र उत्पादनमूलकको ४ दशमलव ६६ अंकको बृद्धि भएको छ ।

जीवन बिमा समूहको सूचक सबैभन्दा बढी २० दशमलव ५१ अंकले र निर्जिवन बिमाको १४ दशमलव ७२ अंकले घटेका छन् । ’क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने सकारात्मक रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);