नेप्से २ दशमलव ८९ अंकले उकालो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

साउन २३ , काठमाण्डौँ । सोमबार शेयर बजार परिसुचक नेप्से २ दशमलव ८९ अंकले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २ दशमलव ८९ अंकले बढेर ६ सय ६७ दशमलव ९४ अंकमा पुगेर कारोबार बन्द भयो । धितोपत्र बजारमा आज रु ९४ करोड बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार नेप्से परिसूचक २.८९ अंकले बढेर एक हजार ६६७.९४ अंकमा पुगेको छ । बैंक वित्तीय संस्थाको शेयर किनबेच बढी भएको पाइएको छ । स्टकका अनुसार बैंक, विकास बैंक र फाइनान्स कम्पनीका सबैभन्दा बढी कारोबार भएको छ ।

कूल १५९ कम्पनीको ११ लाख ५७ हजार कित्ता शेयर रु ९४ करोड ६८ लाख पाँच हजार २७३ कारोबार भएको छ । स्टकका अनुसार बैंकिङ ०.५२, जलविद्युत् १०.५३ र उत्पादन समूह ३.४४ बिन्दुले घटेको छ भने होटल १९.६५, विकास बैंक ४.११, फाइनान्स १३.९, बीमा ३.३९ र अन्य समूह १३.८८ अंकले बढेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);