रामेछापको डफ्कामा सोलार पम्पबाट सिँचाइ सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाण्डौँ , साउन २४ । रामेछापको खाँडादेवी गाउँपालिका– ३, डफ्कामा सोलार पम्पबाट पानी तानेर सिँचाइ सुरु गरिएको छ ।

सुनकोसी किनारको पानी सोलार पम्पबाट तानेर पोखरीमा जम्मा गरी डफ्का गाउँमा सिँचाइको व्यवस्था मिलाइएको हो । सिँचाइ आयोजनाबाट स्थानीय माझी समुदाय लाभान्वित भएका छन् ।

सिँचाइ सुविधा सुरु भएसँगै डफ्काका माझी समुदायले तरकारीखेती गर्न सुरु गरेका छन् । सिँचाइ सुविधाका कारण माझी समुदायको जीवनस्तर सुधारमा सहयोग पुग्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । तरकारीखेतीका लागि कार्यालयले बिउविजन लगायतमा सहयोग गर्ने जनाएको छ । सोलार सिँचाइ कार्यक्रमअन्तर्गत करिब एक करोड लगानी भएको जनाइएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);