बैंक तथा वित्तीय संस्थाका सञ्चालक हुन स्नातक पास गर्नुपर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

२० साउन, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तोकेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा कार्यकारी प्रमुखको योग्यता तोकेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता र कार्य अनुभवसम्बन्धी विनियमावली, २०७४ जारी गरेको छ ।

 

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले विनियमावली लागू गर्न विहिबार परिपत्र जारी गरेको बताउनुभयो । विनियमावलीमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको सञ्चालकमा नियुक्त हुन विदेशी वा स्वदेशी बैंक तथा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृतस्तरमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तै सञ्चालकका लागि न्युनतम शैक्षिक योग्यता स्नातक तोकिएको छ ।

 

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको कार्यकारी प्रमुखमा नियुक्तिका लागि भने व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानूनमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);