हङकङमा ‘हङकङ–नेपाल व्यापार मेला–२०१७’ आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

हङकङमा ‘हङकङ–नेपाल व्यापार मेला–२०१७’ आयोजना हुने

४ असार, काठमाडौं । हङकङमा असार १० र ११ गते ‘हङकङ–नेपाल व्यापार मेला–२०१७’ आयोजना हुने भएको छ ।

हङकङमा ‘हङकङ–नेपाल व्यापार मेला–२०१७’ आयोजना हुने

४ असार, काठमाडौं । हङकङमा असार १० र ११ गते ‘हङकङ–नेपाल व्यापार मेला–२०१७’ आयोजना हुने भएको छ ।

नेपाली हस्तकला सामानहरुको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि ‘हङकङ–नेपाल व्यापार मेला–२०१७’ आयोजना गर्न लागिएको हो । आईतबार काठमाडौंमा मेला बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपाली हस्तकलाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न मेला उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले मेलामा नेपाली कला र संस्कृति झल्कने खालका सांस्कृतिक कार्यक्रम पनि संचालन हुने जानकारी दिनुभयो ।

मेलामा नेपाली हस्तकलाका सामानहरु पश्मिना, चाँदीका गरगहना, धातुका मूर्तिहरु, थान्का लगायतका बस्तुहरु प्रर्दशन गरिनेछ । मेलामा १८ वटा स्टल रहनेछ । नेपालको हस्त निर्मित सामानको अन्तर्राष्ट्रिय बजारमा माग बढदै गएपनि त्यसलाई आपूर्ति गर्न सक्ने अवस्था भने अझै नरहेको सरकार आफैले स्विकार गर्दै आएको छ ।

दुई दिन चल्ने मेलाको संयोजन हङकङस्थित नेपाली दुतावासले गर्नेछ । कार्यक्रममा महाबीर पुनको आविस्कार केन्द्रको सहयोगार्थ च्यारिटी डिनरको समेत आयोजना गरिने भएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);