मनसुन सुरु भएसँगै सिरहाका किसानलाई खेतीको चटारो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मनसुन सुरु भएसँगै सिरहाका किसानलाई खेतीको चटारो

सुरेन्द्र कामती । ३ असार सिरहा । मनसुन सुरु भएसँगै सिरहाका कृषकहरुलाई चटारो शुरु भएको छ । नेपालको मुख्य बालिको रुपमा रहेको धान रोपाइका लागि किसानहरु तयारीमा जुटेका छन् ।

मनसुन सुरु भएसँगै सिरहाका किसानलाई खेतीको चटारो

सुरेन्द्र कामती । ३ असार सिरहा । मनसुन सुरु भएसँगै सिरहाका कृषकहरुलाई चटारो शुरु भएको छ । नेपालको मुख्य बालिको रुपमा रहेको धान रोपाइका लागि किसानहरु तयारीमा जुटेका छन् । नेपालको मुख्य पेशा भनेकै कुषि हो । त्यसमा पनि कुषकहरुले धानबालिलाई मुख्य बालिको रुपमा लिन्छन् । केहि दिन अघि नेपालमा मनसुन सुरु भइसकेको छ । प्रमुख बालीको रुपमा रहेको धानबालीको लागि सिरहामा कृषकहरु पनि तयारीमा जुटेका छन् । आकासे पानीको भरमा रहने गरेका कृषकहरु यतिखेर रोपाईका लागि खेत तयार पार्नमै केन्द्रित छन् । सिरहामा भदैया, चैते र बर्षे गरी तीन बाली धान उत्पादन हुँदै आएको छ । सिरहामा विशेष गरी ललका बासमती, लोकल बासमती, सोना मन्सुली, हर्दिनाथ, राधा लगायतका प्रजातिका धानखेती हुँदै आएको छ ।

कृषियन्त्रहरुको प्रयोग वढीरह्दा सिरहाका ग्रामीण क्षेत्रका कृषकहरु अझैं परम्परागत रुपमै खेत खनजोतमा जुटेका छ । गोरु र हलोको प्रयोग गरी खेत रोपाईको लागि तयारीमा कृषकहरु व्यस्त छन् । यस वर्ष खेतीयोग्य जग्गामध्ये करिब ५७ हजार हेक्टरमा धानखेती हुने जिल्ला कृषि विकास कार्यालय सिरहाले जनाएको छ ।वढ्दो प्रविधि प्रयोगको समयमा यहाँका कृषकहरु भने अझैं पनि परम्परागत रुपमै खेती गर्दै आईरहेका छन् । साथै अहिलले पनि नेपालि कृषकहरु खेति किसानिका लागि आकाशे पानिमै भर पर्नु पर्ने बाध्यता छ । आर्थिक वर्ष २०७२÷०७३ मा ४० हजार ५ सय हेक्टर क्षेत्रफलमा धानखेती भएको सिरहामा २.९ प्रति मेट्रिक टनका हिसाबले १ लाख २० हजार २ सय ८० मेट्रिक टन धान उत्पादन भएको थियो ।

यसैगरी २०७३÷०७४ मा ५६ हजार ५२० हेक्टर क्षेत्रफलमा ३.५ मेट्रिक टनको उत्पादन हुँदा १ लाख ९७ हजार ६७५ मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सिरहाको तथ्यांक छ । यता, सिरहा जिल्लामा खाद्यन्नको प्रयोगको हिसाबले हेर्दा ९८ प्रतिशत चामलमा आस्रित भएकोले पनि धानबाली प्रमुख बालीको रुपमा रह्दै आएको छ ।

केही वर्ष पहिले सिरहामा उत्पादन हुने धानको निर्यात अन्य जिल्ला र सिमावर्ती भारतमा पनि हुँदै आएको थियो तर सिंचाई अभाव र आकासे पानीको भरपर्दा यो क्रम घटेको छ । जसले सिरहा जिल्लामा पनि धान निर्याँत गर्नुपर्ने अवस्था सृजना भएको छ । राज्यले सिरहामा सिंचाईको व्यवस्थापनमा ध्यान नदिदा वर्षेनी पानीको अभावमा धानबाली समेत प्रभावित हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);