डडेल्धुराका कृषकलाई धान भित्र्याउने चटारो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

डडेल्धुराका कृषकलाई धान भित्र्याउने चटारो

विमल जैरु
डडेल्धुरा, १३ असोज ।
यतिबेला डडेल्धुराका अधिकांश कृषकलाई मुख्य खाद्य बाली धान भित्र्याउने चटारो छ । गएको जेष्ठमा रोपिएको धान असोजको शुरुवातीदेखि धान भित्र्याउन शुरु भएको हो । मल अभाव झेलेपनि मौसमले साथ दिएपछि यस वर्षको धान भित्र्याउन डडेलधुरका कृषकलाई भ्याइनभ्याइ छ ।

यतिबेला डडेल्धुराका कृषकहरुलाई धान भित्र्याउन भ्याई नभ्याई छ । मुख्य खाद्यबालीका रुपमा रहेको धान पाक्न थालेपछि कृषकहरुको दैनिकी धान भित्र्याउनैमै व्यस्त छन् । मल अभाव झेलेरै भएपनि धान रोपेका कृषकलाई असोजको पहिलोसातादेखि भित्र्याउने चटारो शुरु भएको हो ।

मल नभएपनि मौसमले साथ दिएपछि धान फसल लागेको छ । मनसुन निष्कृय हुँदैछ । यद्यपी वर्षातको डर कृषकलाई छ । मौसममा बदलीको जोखिम रहेकाले डडेल्धुराका कृषक यति बेला बिहानदेखि अबेरसम्म धानबाली थन्क्याउनमा व्यस्त छन्् । अझै पनि मनसुन अन्त्य भईनसकेका कारण फलिसकेको धान पनि वर्षाका कारण नष्ट होला कि भन्ने डर कृषकलाई छ ।

गत वर्ष डडेलधुरामा १९ हजार मेट्रिक टन बढी धान उत्पादन भएको थियो । यस वर्ष धान उपत्पादन १२ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरिएको छ । डडेल्धुरा कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लाको कुल जनसंख्याको ९० प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा आश्रित छन् ।

डडेल्धुरामा ६ हजार १ सय ७६ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुदै आएको छ। गरिन्छ ।डडेल्धुरामा खेतीयोग्य जमिन ३० प्रतिशत मात्रै छ । जसमध्ये ७ प्रतिशत जमिन सिचाई अभावमा बाँझै छ । खेतीयोग्य जमिनको १५ प्रतिशत क्षेत्रमा मात्रै बाह्रै महिना सिंचाई पहुँच छ । डडेलधुराका परशुराम नगरपालिका , गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका र भागेश्वर गाउँपालिकामा धान खेती गरिन्छ ।

जेनतेन यस वर्ष कृषकले धान रोपेर यतिबेला काट्न व्यस्त छन् । मल नपाएपनि मौसमले साथ दिएपछि धान भित्र्याउन कृषक जुटेका हुन् । डडेधुराको एक चौधाइ जमिन खेतीयोग्य छ । तर, सिचाइ पहुँचको अवस्था अत्यन्तै कम भएकोले सरकारले धानबालीका लागि आवस्यक सिचाइ, मल बीउ लगायतमा ध्यान दिन आवस्यक छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);