ललितपुरका किसानलाई दशैँको बेलमा पनि धान भित्र्याउने चटारो | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

ललितपुरका किसानलाई दशैँको बेलमा पनि धान भित्र्याउने चटारो

काठमाण्डौ, १० कार्तिक
ललितपुरका किसानलाई दशैँको बेलमा पनि धान भित्र्याउने चटारो छ ।

ललितपुरका खेतीयोग्य जमिनमा उब्जनी भएको धान भित्र्याउन किसानहरुलाई यतिबेला भ्याइनभ्याइ छ । ललितपुरको खोकनाका किसानहरु धान काट्न, बिटा लगाउन व्यस्त छन् ।

यसवर्ष पानी धेरै परेकाले गत वर्षको भन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ । समयमै मल प्राप्त गर्न नसकेकाले वर्षेनी उत्पादनमा कमी आएको किसानको गुनासो छ ।

धानमा मल चाहिएका बेलामा बजारमा अभावको समस्या किसानले वर्षेनी झेल्दै आएका छन् । धानबाली भित्र्याउन काममा खटिनुभएका खोकनाका किसान गणेश महर्जनले धान पाकिसकेकाले दशैँको बेलामा पनि दशैँ मनाउन छोडेर धान काट्न व्यस्त रहेको बताउनु भयो ।

पानी धेरै पर्नु, समयमा मल हाल्न नपाउने जस्ता कारणले यस वर्षको उत्पादनमा कमी आएको बताउनु भयो । खोकनासँगै अहिले ललितपुरका बुङ्गमती, चारघरेलगायत खेतीयोग्य जमिनमा किसानलाई धान भित्र्याउने चटारो छ ।००

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);