जोर विजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाई | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

जोर विजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाई

काठमाडाैं, १३ असाेज । ट्राफिक प्रहरीले सवारी साधनमा जोर विजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाई गरेको छ । उपत्यकाका तीनैवटै जिल्ला,काठमाडौ,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गत भदौ २५ बाट लागु हुने गरी उपत्यका भित्र जोर विजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाई गरिएको हो ।

मंगलबार,काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरीले कडाईका साथ चेकजाँच गरेको थियो । सवारी जाम बढ्न थालेपछि जोर विजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ । नियमाअनुसार जोरविजोर प्रणालीमा सञ्चालन नहुने सवारी साधनलाई प्रहरीले होल्डमा राख्ने गरेको छ । होल्ड गरिएको सवारीलाई ट्राफिक प्रहरीले साँझ ८ बजेमात्रै छाड्ने गरेको बतायएको छ ।

संक्रमणको जोखिम बढ्दै गएकाले जोर विजोर प्रणाली पूर्णरुपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । पछिल्ले समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपनि निषेधाज्ञा खुकुलो भएपछि भिडभाड बढिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);