बाजुरामा खेतीयोग्य जमिन मध्ये ३० प्रतिशतमा मात्र धान रोपाँइ | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

बाजुरामा खेतीयोग्य जमिन मध्ये ३० प्रतिशतमा मात्र धान रोपाँइ

dhan ropai

मदन विक
बाजुरा, १५ असार । मनुसुन शुरु भएसंगै देशभरका कृषकहरु धान रोपाइमा लागेका छन् । बाजुराका कृषकहरुमा पनि यतिबेला रोपाइको चटारो चलेको छ । तर आकाशे झरी र सिँचाईको व्यवस्था नहुँदा बाजुरामा खेतीयोग्य जमिन मध्ये मात्र ३० प्रतिशतमा धान रोपाँइ भएको छ ।

सुदुरपश्चिम प्रदेशको उच्च पहाडि जिल्ला बाजुराका कृषकलाई यतिबेला रोपाईको चटारो चलेको छ । जेठ र असार मसान्तलाई मानो रोपेर मुरी उव्जाउने महिनाका रुपमा लिएर जिल्लाको मार्तडी, जुगाडा, रजाली, आटिचौर, ब्रह्मतोला, कैलाशमाण्डौ, लगायतका दर्जनौ ठाउँका किसानहरु यतिखेर धान रोप्नमा व्यस्त भएका छन् ।

गत वर्ष असारमा निरन्तर झरीले किसानहरुलाई रोपाई गर्न सजिलो भएको थियो । तर, असार मसान्तको मध्ये भागमा पुगिसक्दा पनि बर्षाको अभावमा पर्याप्त मात्रामा सिँचाई सुविधा नभएपछि कृषकहरुलाई धान रोप्न समस्या भएको छ ।

जिल्लामा सिँचाईको सुविधा पर्याप्त मात्रामा नभएपछि जिल्लाको कुल धान खेती हुने सात हजार दुई सय ३० हेक्टरमध्ये दुई हजार एक सय ७० हेक्टर अर्थात ३० प्रतिशत मात्र धान रोपाई भएको छ । बाजुरामा कृषकहरुले करिब ५० प्रतिशत स्थानीय जातको धान खेती गर्ने गरेका छन् भने ५० प्रतिशत उन्नत जातको धान खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार पछिल्लो समयमा जलवायु परिवर्तनका कारण सुख्खा खडेरी, मलको अभाव, उन्नत जातको वीउवीजनको अप्राप्तताका कारण कृषकहहरुले सोचेजस्तो उत्पादन नभएको हो ।

पछिल्लो समयमा कृषि ज्ञान केन्द्र र स्थानीय तहका कृषि शाखाहरुले धानको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि उन्नत जातको वीउ वितरण तालिम तथा अन्य सामाग्री सहयोग गरिरहेको अवस्था छ तर कृषकहरुको अपेक्षा अनुसार पर्याप्त मात्रामा धान उत्पादन हुन नसकेको कृषि ज्ञान केन्द्रको भनाई छ ।

यो समयमा खेती भईरहेको स्थानम महिलाहरुले धान रोप्दै आफ्नै भाकामा असारे गीत गुनगुनाउँदै गरेको र पुरुषहरु पनि एक आपसमा हिलो छ्यापिरहेको रमाईलो दृश्य देख्न पाईन्छ ।

सधै गरिवीकोको चपेटामा रहेको बाजुरामा वर्षेनी साढे ११ हजार मेट्रीक टन खाद्यन्न अपुग हुँदै आएको छ । यदी जिल्लाका सवै ठाउँका खेतीयोग्य जमिनहरुमा सिचाई सुविधा हुने हो भने कृषकहरुले उत्पादन गरेको धान बालीले मात्रै करिब ६ महिना भन्दा बढी खाद्यान्न उत्पादनबाटै जीवन धान्न सकिने सरोकारवालाहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);